Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा पहिलो उपभोक्ता सहकारीको रुपमा श्री छिम्केश्वरी माई सहकारी संचालनमा

आँबुखैरेनीमा पहिलो उपभोक्ता सहकारीको रुपमा श्री छिम्केश्वरी माई सहकारी संचालनमा

कृषकहरुको समस्या पहिलो प्राथमिकतामा राखिने

इच्छाकामना न्युज

१७, बैशाख २०७८
आँबुखैरेनीमा पहिलो उपभोक्ता सहकारीको रुपमा श्री छिम्केश्वरी माई सहकारी संचालनमा

आँबुखैरेनी, १७ बैंशाख । तनहुँको आँबुखैरेनीमा पहिलो उपभोक्ता सहकारी संस्थाको रुपमा स्थापना भएको श्री छिम्केश्वरी माई उपभोक्ता सहकारी संस्थाको कार्यालय समुद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले आज आँबुखैरेनी ३, चिसापानी टोल स्थित सो उपभोक्ता सहकारी संस्थाको कार्यालय समुद्घाटन गर्नुभएको हो । 

images

178017856_129998729118123_170944322482011561_n.jpg

यस क्षेत्रका कृषक तथा स्थानीयबासीहरुले बिगत देखिनैं भोग्दै आएका मल तथा बिउबिजनको समस्यालाई हटाउन, ती बस्तुहरु सस्तो मूल्य र सरल तवरले उपलब्ध गराउन तथा दैनिक उपभोग्य बस्तुहरु बजार मूल्य भन्दा केही कम मूल्यमा सहज तरिकाले ग्राहकहरु समक्ष पु¥याउन उपभोक्ता सहकारी सस्थाको स्थापना गरिएको सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमणको अवस्था कम हुँदै गएपछि सहकारीले उपभोक्ताको हितमा सेवा सन्चालन गरिने  श्रेष्ठले बताउनुभयो । 

180505582_134073615402794_3643730747279032974_n.jpg

संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यालय समुद्घाटन एवं प्रारम्भिक साधारण सभामा गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, सहकारीका सल्लाहकार राजकुमार श्रेष्ठ, लायन्स क्लब अफ आँबुखैरेनी सिटीका अध्यक्ष लायन शिव खनाल, सहकारीका उपाध्यक्ष रेजिना श्रेष्ठ, सहकारीका सचिव कृष्णमान तामाङ्ग लगायतकाले मन्तव्य राख्नुभएको थियो । 

178055016_196644698799329_4778985816152386688_n.jpg

कार्यक्रममा उपभोक्ता सहकारीका सम्पूर्ण शेयर सदस्यहरुलाई सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । कूल पूँजी ६२ लाख रहेको यस उपभोक्ता सहकारीमा ३१ जना शेयर सदस्य रहेका छन् ।

images
प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - २२:३३:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology