घैरुङ, १८ बैशाख । गोरखाको शहिदलखन गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गाउँपालिकाको नाम्जुङ्ग निवासी ८९ वर्षको पुरुष र ९० वर्षको महिला का साथै वडा नम्बर ६ खगीका ४५ वर्षिय पूरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।
पोजेटिभ देखिएका नागरीकहरुको प्रत्यक्ष सम्पर्कमा रहेका र मैलुङमा कोभिड लक्षणसँग मिल्ने लक्षण देखिएका गरी ११ जना महिला र ७ जना पुरुष गरि १८ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाव सङ्कलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।