Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत ८४ हजारभन्दा बढीले लगाएको खोप 

भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत ८४ हजारभन्दा बढीले लगाएको खोप 

एजेन्सी

१९, बैशाख २०७८
भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत ८४ हजारभन्दा बढीले लगाएको खोप 
images

भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत ८४ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको परिवार कल्याण एवं स्वास्थ्य मन्त्रालयका अनुसार हिजोबाट सुरु भएको तेस्रो चरणको खोप अभियान अन्तर्गत १८ वर्षदेखि ४४ वर्षसम्म्का ८४ हजार ५ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुलाई खोपको पहिलो डोज दिइएको हो ।

images
images

भारतमा हिजोबाट तेस्रो चरणको खोप अभियान सुरु भएपनि कोरोनाका कारण अति प्रभावित राज्यहरुमा खोप कार्यक्रम स्थगित गरिएको छ । साथै कोरोना महामारीका कारण विभिन्न राज्यमा खोप नै नपुगेका कारण पनि खोप अभियान सुरु हुन नसकेको मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण अवस्था भयावह बनेपछि सरकारको आलोचना समेत हुन थालेको छ ।

images
प्रकाशित मिति :बैशाख १९, २०७८ आइतवार - ०९:२९:१८ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology