आँबुखैरेनी, २० बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक जना ४५ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ः४५ बजेको समयमा मृत्यु भएको हो ।
वैशाख ११ गते निमोनिया सम्बन्धी समस्या भई अस्पताल भर्ना भएका उनको १२ गते कोरोना पोजेटिभ देखिएको थियो । सामान्य उपचार पश्चातत् १५ गते घर आएका निजलाई असहज भएपछि पुनः १९ गते राती अस्पताको आईसियूमा भर्ना गरिएको थियो ।