Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अब धादिङका स्थानिय तहमा स्वाब संकलन नहुने

अब धादिङका स्थानिय तहमा स्वाब संकलन नहुने

इच्छाकामना न्युज

४, कार्तिक २०७७
अब धादिङका स्थानिय तहमा स्वाब संकलन नहुने

धादिङ, ४ कार्तिक
अब धादिङका स्थानिय तहमा स्वाब संकलन नहुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय धादिङ मार्फत पीसीआर परिक्षण किट प्रदान भए सँगै स्थानीय तह र जिल्ला अस्पतालमा कोरोना परिक्षणका लागि स्वाब संकलन हुँदै आएकोमा अब स्वाब सङकलन नहुने भएको हो। यो नियम लागु भएपछि धादिङका नागरिकले आफैले पैसा तिरेर पीसीआर परिक्षण गराउन लागि पनि काठमाडौं जानु पर्ने भएको छ।
धादिङमा केहि दिन देखि कोरोना संक्रमितहरुको संख्यामा उल्लेख्य बृद्धि भए सँगै पीसीआर परिक्षण गराउनेको संख्या बृद्धि भै रहेको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै जिल्ला स्वास्थ्य कार्यालयले मातहतका निकायमा किट पठाउन रोके सँगै पीसीआर परिक्षण गराउन धादिङका स्थानीयहरु काठमाडौं जानु पर्ने भएको हो।
पैसा नै तिरेर परिक्षण गर्न चाहे पनि धादिङका निजी अस्पतालहरु र ल्यावहरुले पीसीआर परिक्षणका लागि स्वाब संकलन गराउने गरेका छैनन् तसर्थ धादिङका नागरिक पीसीआरको लागि काठमाडौं जानु पर्ने वाध्यता पैदा भएको हो
जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाका अनुसार किट प्रदान गर्ने निकाय स्वास्थ्य कार्यालय नै हो जिल्ला अस्पतालमा किट हुँदैन । अस्पतालमा भर्ना भएका केशहरुमा पीसीआर परिक्षण लागि स्वाब संकलन गर्नु पर्ने भयो भने स्वास्थ्य कार्यालय सँग किट माग गरिने र किट उपलब्ध भयो भने स्वाब संकलन गराईने बताउनु भयो।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका एक कर्मचारीका अनुसार स्वास्थ्य कार्यालय सँग किटको अभाव छ तर पीसीआर परिक्षण नागरिक आफैने गर्ने भएपछि स्वास्थ्य कार्यालय सँग सरोकार भएन।
नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले पनि अब स्थानीय तहमा कोरोना परिक्षण स्वाब संकलन नहुने बताउनु भयो।

images

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - १८:३४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology