Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने एमाले सर्लाहीका नेता वाग्लेको घोषणा 

पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने एमाले सर्लाहीका नेता वाग्लेको घोषणा 

रमेश अधिकारी( रितिक)

२१, बैशाख २०७८
पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने एमाले सर्लाहीका नेता वाग्लेको घोषणा 
images

नेकपा एमाले सर्लाहीका नेता चूडामणि वाग्लेले मृत्यु पछिको पार्थिव शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गर्नुभएको छ । आफ्नो जन्म दिनको अवसर पारेर सोमबार वाग्लेले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत मृत शरीर दान गर्ने बताउनु भएको हो ।

images
images

उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पार्थिव शरीर दान गर्न जाने योजना भए पनि कोभिड १९ को कारण घोषणा मात्र गर्न सकेको जानकारी दिनुभयो । अवस्था अनुकुल भएपछि शरीर दानवारे एक अस्पतालसँग सम्झौता गर्ने जाने उहाँले बताउनु भयो । नेता वाग्लेले कोभिडका कारण आफुले कुरा गरेको स्वास्थ्य प्रतिष्ठानले पनि अवस्था सहज भएपछि मात्र कागजात मिलाउन आउनु आग्रह गरेको बताउनु भयो ।

मृत्यु पछि शरीरलाई खरानी वनाएर फाल्नु भन्दा केही उपयोग होस भन्ने आफुलाई लागेको भन्दै आफ्नो मृत शरीर चिकित्साशास्त्र अध्ययनको लागि दान गर्ने घोषणा गरेको बताउनुभयो । 

कम्तीमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई आफ्नो शरीर केही सिक्न काम लागोस भन्ने चाहेको उहाँको भनाई छ । शरीर दान गर्ने सम्वन्धमा पारिवारिक सल्लाह समेत भई सकेको उहाले जानकारी दिनुभयो ।

नेता वाग्ले तुलनात्मक रुपमा इमान्दार र स्पष्ट राजनैतिक कार्यकर्ताको रुपमा परिचित हुनुहुन्छ । नेकपा एमालेको माधव झलनाथ समुहका जिल्ला कमिटी सदस्य उहाँ यस पहिले लामो समय पत्रकारिता पेशामा रहनु भएको थियो । नेपाल पत्रकार महासंघ सर्लाही शाखा सस्थापक अध्यक्ष नेता वाग्ले  केही वर्ष देखि पत्रकारिता पेशा छोडेर पुर्ण रुपमा राजनैतिक र सामाजिक काममा सक्रिय रहनु भएको छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - ०९:५३:२४ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology