बुंकोट, २२ बैशाख । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा तीन दिनको सुत्केरी महिलालाई कोरोना संक्रमण भएको छ ।
प्रसुतीका लागि चितवन स्थित नयाँ मेडिकल कलेज पुगेका ति महिलालाई मंगलवार पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।
आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको र उनी अहिले शहिदलखन ७ बुङ्कोट स्थित बकेनश्वाँरा घरमा होम आइशोलेसनमा रहेको वडा अध्यक्ष शरण श्रेष्ठले बताए ।
अस्पतालमा भर्ना हुँदा दैनिक १२ हजार रुपैयाँ लाग्ने र ३० हजार डिपोजिट राख्नुपर्ने अस्पताल प्रशासनले बताएपछि सुत्केरी महिला घरमै होम आइशोलेसन बस्न आएको बताउँछिन् ।