तनहुँ, २२ बैशाख । तनहुँ जिल्लाको आँबुखैरेनी र देवघाट गाउँपालिका सहित जिल्लाभर आज राति १२ बजेदेखि निषेधाज्ञा लागु हुनेछ। कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बुधबार बसेको केन्द्रको बैठकले बैशाख २२ गते मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा लागु गराउने निर्णय गरेको थियो। बैठक लगत्तै सोही सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।
तर अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म पसल खोल्न र किनमेल गर्न पाईनेछ। यस्तै निर्माण सामाग्रीको पसल बिहान ११ बजेदेखि ४ बजेसम्म खुला हुनेछ।

