Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न

देवघाटमा नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न

आशिक राना

२४, बैशाख २०७८
देवघाटमा नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न

देवघाट, २४ बैशाख । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा एकीकृत कृषि नमुना केन्द्र प्रा.लि.को आयोजना र देवघाट गाउँपालिकाको सहयोगमा  सञ्चालन भएको नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न भएको छ। 

images

सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास हरेक क्षेत्रमा भइ रहेको बताउदै प्राङगारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो। साथै आफ्नो क्षेत्रमा फर्म सुरुवात गरिएकाले सो फर्मका लागि आफुले सक्दो सहयोग र संरक्षण गर्ने अध्यक्ष थापाले बताउनुभयो।

183182657_1146912802439360_1543713467388625151_n.jpg
 
कार्यक्रमका विशेष अतिथि वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको अध्यक्ष र भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता रोमलाल गिरीले फार्ममा प्राङ्गारिक खेतीको प्रयोगात्मक तरिकाबाट तालिम दिनुका साथै कम्पोष्ट मल,गडयौला मल, हरियो मल उत्पादन गरिने उहाँले बताउनुभएको थियो।साथै सो क्षेत्रमा सबै प्रकारका रैथाने वालीहरुको उत्पादन, खाद्यन्न तरकारी जडिबुटी र फलफूल तयार हुदै समेत  गिरीले बताउनुभएको थियो।

182879993_490380525538098_6307551806507529699_n.jpg

कार्यक्रमका देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङले कोटमा रहेको ६० रोपनी जग्गामा सो फार्म रहेको बताउदै आगामी दिनहरुमा अर्गानिक उत्पादन क्षेत्रलाइ वृद्धि गरि बजार व्यबस्थापन गरेर कृषक दाजुभाइ तथा दिदिबहिनीहरुको आर्थिक वृद्धि दरलाई दोब्बर बनाउन सक्ने उहाँले बताउनुभयो।

प्राङगारिक कृषि मिसन समिति र एकीकृत कृषि नमुनाको सहकार्यमा आठ हजार प्रकारका खानेकुराहरुको पहिचान र प्रयोग गर्नका लागि देवघाट क्षेत्रमा नेपालकै पहिलो र नमुना प्राङगारिक नमुना फर्म बनाउन लागीएको हो ।

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २०:२०:२६ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology