काठमाण्डौ, २५ बैशाख । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रतिनिधि सभाको आगामी बैठकका विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधि सभाको बैठक बोलाईएको छ । आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने विषयमा औपचारिक निर्णय गर्ने बताइएको छ।
हाल संघीय संसदको प्रमुख प्रतिपक्षी दल रहेको काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारिसकेको छ। काँग्रेसले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत तयारी गरेको छ।
‘परिपक्व समय’ बनेमा अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेर राखिएको काँग्रेस नेताहरुले बताएका छन् ।