Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कोरोना महामारीमा सर्वधारणको आयुर्वेदप्रति भरोसा बढ्यो

कोरोना महामारीमा सर्वधारणको आयुर्वेदप्रति भरोसा बढ्यो

इच्छाकामना न्युज

२५, बैशाख २०७८
कोरोना महामारीमा सर्वधारणको आयुर्वेदप्रति भरोसा बढ्यो

प्रकाश अधिकारी कर्णाली, २५ वैशाख । कोरोना भाइरसको ‘न्यू भेरियन्ट’ शुरु भएसँगै वीरेन्द्रनगर–९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन सदस्यमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका लागि यो परिवारले नजिकको मेडिकल वा अस्पताल धाएनन् । बरु, सङ्क्रमितलाई प्रयोगशालाले दिएको कोरोना ‘पोजेटिभ रिर्पोट’ लिएर प्रचण्ड कालागाउँस्थित प्रदेश अस्पतालसँगै जोडिएको आयुर्वेद औषधालयमा तीन पटक पुग्नुभयो ।

images

“सङ्क्रमण देखिएपछि उहाँहरू घरमै आइसोलेशनमा बस्नुभयो, घरायसी पौष्टिक खानेकुरादेखि रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि लिएर खुवाएँ”, प्रचण्ड भन्नुहुन्छ, “अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन्, ज्वरो, रुघाखोकी देखिएको थियो, आयुर्वेदिक औषधि सेवनबाटै सञ्चो भयो ।”

केही दिन अघि भौतिक पूर्वाधार विकास मन्त्रालयका कर्मचारीमा कोरोना देखिएपछि त्यहाँबाट पनि ठूलो सङ्ख्यामा कर्मचारीहरू आयुर्वेदिक अस्पताल पुगे । यी त पछिल्ला केही उदाहरण हुन् । एकै दिन ठूलो सङ्ख्यामा सेवाग्राही आउँदा अस्पताललाई औषधि पु¥याउन मुस्किल पर्ने गरेको छ ।

अस्पतालका प्रमुख डा शङ्करप्रसाद रिजालले सामान्य अवस्थामा दैनिक ४० देखि ५० जना तथा असामान्य अवस्थामा ठूलो सङ्ख्यामा सेवाग्राही आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरै कर्मचारी भएका सार्वजनिक कार्यालय, सुरक्षा निकायका व्यक्तिमा कोरोना सङ्क्रमण भएमा आयुर्वेद अस्पतालमा ठूलो भीड लाग्ने गरेको छ ।

आयुर्वेद अर्थात् प्राकृतिक चिकित्सा क्षेत्र कोरोना महामारीपूर्व ओझेलमा थियो । औषधालयहरू पनि सुनसानजस्तै देखिन्थे । रोगप्रतिरोधी क्षमता बढाउने भनेर ब्याख्या गरिएका गुर्जो, मृगमदाशव, तुल्सी चिया, जेठीमधु चुर्ण, अमलाचूर्ण, रस्वगन्धा चूर्ण र च्वयनप्रास लिन सेवाग्राहीको भीड लाग्ने गर्दछ । अचेल सर्वसाधारणदेखि महत्वपूर्ण व्यक्तिहरूको रोजाइँ आयुर्वेदिक औषधितफै परेको छ ।

आयुर्वेदिक औषधि लिन यहाँ प्रदेश अस्पतालका स्वास्थ्यकर्मी र तीन आफन्तहरुसमेत आउने गर्दछन् । “आयुर्वेद क्षेत्रप्रति विश्वास बढ्दै जाँदा खुशी लाग्छ,” डा रिजालले भन्नुभयो, “यतिबेला एलोप्याथी ९आधुनिक चिकित्सा पद्धति० प्रयोग गर्नेहरू पनि आयुर्वेदिक चिकित्सामा विश्वास गर्न थालेका छन् ।”

औषधालयले सबै औषधि निःशुल्क वितरण गर्दै आएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता ८०० बढी सङ्क्रमित तथा तीन आफन्तले आवश्यक परामर्शका साथै औषधि लिइसकेका छन् । यस अवधिमा ४०० क्विन्टल गुर्जो खपत भइसकेको छ । गत वर्ष जेठदेखि मङ्सिरसम्म १८ हजार बढी नागरिकले आयुर्वेद सेवा लिएको तथ्याङ्क छ । यसका साथै सुरक्षा निकाय, सार्वजनिक कार्यालय, विभिन्न होटल तथा अस्पतालमा सञ्चालित आइसोलेशनबाट सङ्क्रमितका नाउमा एकमुष्ट औषधि वितरण गर्ने गरिएको छ ।

माग बढ्दै गएपछि मौज्दात औषधिहरू पनि सकिन लागेको बताइएको छ । डा रिजालले भन्नुभयो, “यही अनुपातमा माग बढ्दै गए अबको १०–१५ दिनमा मौज्दात औषधि पनि सकिन्छ होला, सामाजिक विकास मन्त्रालय समक्ष थप बजेटको अनुरोध गरेका छौँ”, कर्णालीका वनजङ्गलमा जडिबुटी पर्याप्त भए पनि सङ्कलन, प्रशोधन गर्ने जनशक्ति नहुँदा आपूर्ति व्यवस्थापनमा समस्या भइरहेको उहाँको भनाइ छ ।

५० शय्याको आइसोलेशन

प्रदेश आयुर्वेद अस्पतालले ५० शय्याको अक्सिजन सुविधासहित आइसोलेशन सञ्चालन गर्ने तयारी गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले योगाहल र अस्पतालको माथिल्लो तलालाई आइसोलेशनका रूपमा व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो ।

“शुरुमा २५ शय्याको सञ्चालन गर्छौँ, शनिबार साँझसम्म छ थान अक्सिजन सिलिन्डर आउँदैछ”, उहाँले भन्नुभयो, “सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले पूर्व तयारीका लागि आइसोलेशन व्यवस्थापनलाई जोड दिएका हौँ । अक्सिजन सुविधासहितको आइसोलेशन निर्माण गरे पनि अस्पतालमा भने नर्सिङ स्टाफको दरबन्दी छैन् ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २०:५१:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology