Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन ८ को स्वास्थ्य केन्द्रलाई देश विदेशमा रहेका बुंकोटबासीद्वारा ६ थान अक्सिजन सिलिण्डर प्रदान

शहिद लखन ८ को स्वास्थ्य केन्द्रलाई देश विदेशमा रहेका बुंकोटबासीद्वारा ६ थान अक्सिजन सिलिण्डर प्रदान

इच्छाकामना न्युज

२५, बैशाख २०७८
शहिद लखन ८ को स्वास्थ्य केन्द्रलाई देश विदेशमा रहेका बुंकोटबासीद्वारा ६ थान अक्सिजन सिलिण्डर प्रदान

बुंकोट, २५ बैशाख । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ को आधारभुत स्वास्थ्य केन्द्रलाई स्थानीयले छ थान अक्सिजन सिलिण्डर र केही सर्जिकल मास्क सहयोग गरेका छन् ।

images

काठमाण्डौँ लगायत देशका अन्य ठाउँ र बिदेशमा बस्ने बुङ्कोटबासीबाट चन्दा संकलन गरी कोरोनाको जोखिम न्यूनिकरण र संक्रमितको सहज उपचारका लागि अक्सिजन सिलिण्डर सहयोग गरिएको दाताहरुले बताएका छन् ।

वडा भित्र पनि कोरोनाको जोखिम बढेसँगै कोरोना संक्रमणबाट सुरक्षित रहन, समुदायमा फैलन नदिन स्थानीयको सहयोग प्रशंसनिय रहेको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए ।

उक्त अभियानमा संकल्प श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, बासुदेव ढकाल, बिनोद श्रेष्ठ, अमृतबाबु श्रेष्ठ, राजेश श्रेष्ठ, इश्वर अम्गाई, नबराज अम्गाई, बिमल रम्तेल लगायतको सक्रियतामा उक्त सहयोग जुटेको वडा अध्यक्ष अम्गाईले बताए ।

उक्त अभियानका क्रममा संकलित रकम प्रकोप न्यूनिकरण र स्वास्थ्य प्रर्वद्धनमा खर्च गरिने उद्देश्य रहेको वडा अध्यक्ष अम्गाईले बताए ।

images
प्रकाशित मिति :बैशाख २५, २०७८ शनिवार - २१:२८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology