Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

 ‘एम्बुलेन्स चाहियो अर्जेन्ट, श्वास फेर्न गाह्रो भयो’ भनेर लेखेपछि आँबुखैरेनी गाउँपालिका अध्यक्ष थापा आफै पुगे एम्बुलेन्स लिएर

 ‘एम्बुलेन्स चाहियो अर्जेन्ट, श्वास फेर्न गाह्रो भयो’ भनेर लेखेपछि आँबुखैरेनी गाउँपालिका अध्यक्ष थापा आफै पुगे एम्बुलेन्स लिएर

इच्छाकामना न्युज

२६, बैशाख २०७८
 ‘एम्बुलेन्स चाहियो अर्जेन्ट, श्वास फेर्न गाह्रो भयो’ भनेर लेखेपछि आँबुखैरेनी गाउँपालिका अध्यक्ष थापा आफै पुगे एम्बुलेन्स लिएर

आँबुखैरेनी, २६ बैशाख ।  गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत आँबुखैरेनीमा रहेको कृषि तथा पशुपंक्षी नियमन इकाई कार्यालयका प्राविधिक सहायक दिनकरमणि आचार्यले आइतबार दिउँसो ४ बजे सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो – ‘एम्बुलेन्स चाहियो अर्जेन्ट, श्वास फेर्न गाह्रो भयो ।’

images

उहाँले सन्देश लेख्नेबित्तिकै आँबुखैरेनी गाउँपालिकाको टिम एम्बुलेन्स खोजेतिर लाग्यो । गाउँपालिकामा तीन वटा एम्बुलेन्स भएपनि तत्कालै एम्बुलेन्स भेटिन गाह्रो भयो । गाउँपालिकाको टिम छिमेकी जिल्लामा समेत एम्बुलेन्सको खोजीका लागि जुट्यो । धेरै बेरको प्रयासपछि एउटा एम्बुलेन्स भेटियो ।

एम्बुलेन्स व्यवस्थापनका लागि गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा स्वयं खटिनुभएको थियो । गाउँपालिकाले गठन गरेको सिआइसिटी टिमको सहयोगमा एम्बुलेन्स व्यवस्थापन भएपछि अध्यक्ष थापा कार्यालयमा पुगेर आचार्यलाई उद्धार गरी काठमाडौ पठाउनुभएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई एम्बुलेन्समार्फत् काठमाडौ पठाइएको छ, एम्बुलेन्सको खर्च पनि गाउँपालिकाले नै बेहोर्छ,” अध्यक्ष थापाले भन्नुभयो ।

खबरपुञ्जबाट

images
प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - २०:०३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology