आँबुखैरेनी, २७ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको छ। भतरपुर अस्पतालले कोरोना संक्रमितको नियमित दिईने अपडेट मार्फत सो कुराको पुष्टि गरेको हो।
अस्पतालले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नं. ३ का ३० वर्षिय पुरुष र ३० वर्षिया महिलामा संक्रमण देखिएको हो। उनीहरुको भतरपुर अस्पताल अस्थायी कोभिड प्रयोगशालामा आईतबार गरेको परीक्षणमा संक्रमण पोजेटिभ आएको हो।