काठमाण्डौं, ६ कार्तिक
स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (शुक्रबार) देखि कार्तिक ११ गतेसम्म कोभिड–१९ को प्रेस बिफ्रिङ नगर्ने भएको छ।
गत वर्षको चैत दोस्रो हप्तादेखि मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि ७ गतेदेखि ११ गतेसम्म रोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
आगामी कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई निरन्तरता दिने उहाँको भनाइ छ । दशैँको बिदाका समयमा दिउँसो चार बजे नै मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा कोरोना भाइरसको अपडेट दिइने छ।