Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटीको प्रशंसनिय कार्यः रातीमा एम्बुलेन्स नपाएपछि संक्रमित बिरामीलाई आफैले पुर्‍याए अस्पताल

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटीको प्रशंसनिय कार्यः रातीमा एम्बुलेन्स नपाएपछि संक्रमित बिरामीलाई आफैले पुर्‍याए अस्पताल

धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष डल्लाकोटीको प्रशंसनिय कार्यः रातीमा एम्बुलेन्स नपाएपछि संक्रमित बिरामीलाई आफैले पुर्‍याए अस्पताल
images

बिशालटार, ३ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) ले रातीमा एम्बुलेन्स नपाएपछि एक कोरोना संक्रमित बिरामीलाई आफैले अस्पताल पु¥याएका छन्। उनले गएराति ९ बजे बिशालटारका संक्रमित बिरामी प्रदीप पौडेलको स्वाश्वप्रश्वासमा गम्भिर समस्या आएकोले रातीमा एम्बुलेन्स खोज्दा नपाएपछि आफैले प्रयोग गर्दै आएको गाडी आफैले ड्राइभिङ गरेर मलेखु स्थित टिचिङ अस्पताल पुर्‍याएका हुन्। 

images
images

गाउँपालिका भित्र १० वटा एम्बुलेन्स भएपनि बिरामी ओसारपसारमा व्यस्त भएकोले समयमै एम्बुलेन्स पाउन नसकेकोले बिरामीलाई आफैले पुर्‍याईदिएको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) ले बताए। ‘अन्य विकल्प नभएपछि जोखिम मोलेरै मैले बिरामी बोकेको हु’ –उनले भने।

अध्यक्ष डल्लाकोटीले संक्रमित बिरामीलाई गाडीमा हालेर गाडी चलाउदै गरेको फोटो स्थानीयले खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिदिएपछि यतिबेला उक्त फोटो भाईरल भैरहेको छ भने उनको उक्त कार्यको सबैले प्रशंसा गरेका छन्। 

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - ०८:५०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology