Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोना संक्रमणबाट आज पनि शहिद लखन गाउँपालिका बक्राङकी ८४ वर्षीया वृद्वाको मृत्यु

कोरोना संक्रमणबाट आज पनि शहिद लखन गाउँपालिका बक्राङकी ८४ वर्षीया वृद्वाको मृत्यु

कोरोना संक्रमणबाट आज पनि शहिद लखन गाउँपालिका बक्राङकी ८४ वर्षीया वृद्वाको मृत्यु
images

बक्राङ, ३ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा आज पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाउँपालिकाको वडा नं. १ बक्राङकी ८४ वर्षीया वृद्वा रहेकी छिन्। उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा गएराती मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो । यो सँगै गाउँपालिकामा दोस्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

images
images

स्वाश्वप्रश्वासमा समस्या भएपछि वृद्धालाई जेठ १ गते उपचारका लागि परिवारले पुरानो मेडिकल कलेजमा पुर्‍याएका थिए । कोरोना परिक्षणका लागि सोही दिन स्बाब संकलन गरिए पनि उनको मृत्युपछि मात्रै पोजेटिभ रिपोट प्राप्त भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकको परिवारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर संस्कार अनुसार नै शवको अन्त्येष्टि गरेका छन् ।

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - २२:०९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology