Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

घरदैलो गर्दै, संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आँबुखैरेनी गाउँपालिका

घरदैलो गर्दै, संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आँबुखैरेनी गाउँपालिका

घरदैलो गर्दै, संक्रमितको स्वास्थ्य अवस्था बुझ्दै आँबुखैरेनी गाउँपालिका
images

आँबुखैरेनी, ३ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न घरदैलो गरेको छ । कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका सङ्क्रमितको हौसला बढाउन र स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सोमबार घरदैलो गरेको हो ।

images
images

1.png

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, वडा नं ३ का सदस्य दिनेश केसी, सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठ लगायतको टोलीले सङ्क्रमितलाई दूरी कायम गरी भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

सङ्क्रमितको अवस्था हालसम्म सामान्य रहेको पाइएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । गाउँपालिका ठेगाना भएका १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपनि सात जना होम आइसोलेशनमा छन् ।

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - २२:२०:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology