Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

निषेधाज्ञाको पालना नहुँदा कोरोना सङ्क्रमण घटेन 

निषेधाज्ञाको पालना नहुँदा कोरोना सङ्क्रमण घटेन 

निषेधाज्ञाको पालना नहुँदा कोरोना सङ्क्रमण घटेन 
images

काठमाण्डौ, ४ जेठ । नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको आदेश पूर्ण कार्यान्वयनमा नआउँदा कोरोनाको सङ्क्रमणदर अपेक्षा गरिएअनुसार नघटेको सरकारले निष्कर्ष निकालेको छ ।

images
images

यसैकारण कोभिड–१९ को महामारीका कारण नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको सूचनामा केही हप्ता अझैँ पनि चुनौतिपूर्ण रहेने भएकाले सबै संयमित र सहयोगी भइ एकजुट हुनुपर्ने उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनीतिक गतिविधिका नाममा हुने ठूला जमघट, भेला सङ्ेक्रमण नियन्त्रणमा अनाउनुको कारण देखिएको छ ।

जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्दै डा अधिकारीले निषेधज्ञाको समयमा अझैँ पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्र कमि आएको भन्दै निषेधाज्ञाको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् । 

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - ०९:५३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology