Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेपाली कांग्रेस शहिद लखनद्वारा २५ हजार थान मास्क वितरण

नेपाली कांग्रेस शहिद लखनद्वारा २५ हजार थान मास्क वितरण

नेपाली कांग्रेस शहिद लखनद्वारा २५ हजार थान मास्क वितरण
images

गोरखा, ४ जेठ । नेपाली कांग्रेस शहिद लखन गाउँ कार्य समितिले २५ हजार थान मास्क वितरण गरेको छ। कांग्रेसले गाउँपालिकाको वडा नम्बर ९ का सबै घरधुरीलाई मास्क बितरण गरिएको हो। 

images
images

कांग्रेस गाउँ कार्य समितिको सहयोग र वडा कार्यालयको समन्वयमा उक्त मास्क बितरण गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका राजनीतिक परामर्श समिति सदस्य शुसासन श्रेष्ठले बताए ।

गाउँगाउँमा कोरोनाको संक्रमण दर बढेसँगै त्रास बढेकाले सर्वसाारणलाई सुरक्षित रहन अनुरोध गर्दै टोलसुधार समिति मार्फत घरघरमा मास्क पठाइएको वडा अध्यक्ष रामप्रसाद लामिछानेले बताए ।

कांग्रेस गाउँकार्य समिति र नाम्जुङबासीको सहयोगमा मास्क बितरण गरिएको उनले बताए । नाम्जुङका १८ वटा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई घरधुरी संंख्याका आधारमा मास्क बितरण गरिएको थियो ।

मास्क बितरण सँगै जनस्वास्थ्य प्रमुख कृष्ण भट्टराई र दिपेश बिकले मास्कको सही प्रयोग र कोरोनाबाट सुरक्षित हुने उपाएका बारेमा जानकारी गराएका थिए ।

उक्त अभियानमा कांग्रेसका गाउँपार्टी सभापति मानबहादुर खड्का, वडा अध्यक्ष लामिछाने, राजनीतिक परामर्श समिति सदस्य शुसासन श्रेष्ठ, दलित विद्यार्थी संघ गोरखाका उपाध्यक्ष दिपेक विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १०:२१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology