गोरखा ४ जेठ । कोरोना संक्रमणबाट गोरखा शहिद लखन गाउँपालिकाका एक शिक्षकको आज मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका ५ घर भई शहिद लखन गाउँपालिका ७ मा रहेको शहिद स्मृति मावि बुंकोटमा अध्यापन गराउने ३८ वर्षिय शिक्षकको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
चितवन मेडिकल कलेजमा मृत्यु भएका उनी गोरखा सदरमुकाममा बस्दै आएका थिए । ३८ बर्षका ति शिक्षकको सोमबार राती ११ बजे मृत्यु भएको थियो । गोरखा नगरपालिकाले स्वाब संकलन गरि परिक्षण गर्दा उहाँलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
यो सँगै शहिद लखन गाउँपालिकामा कोरोना भाईरसको दोस्रो भेरियन्टबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ।