घैरुङ, ४ जेठ । प्राइम कमर्सियल बैंक शहिद लखन ६ घैरुङ शाखाका प्रमुख अमृत अधिकारीको कोरोना संक्रमणका कारण निधन भएको छ। ४३ वर्षीय अधिकारीको आज काठमाण्डौमा उपचारको क्रममा निधन भएको बैंक निकट स्रोतले जानकारी दिएको छ।
घैरुङमा रहदै केहि दिन अघि गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएपछि सुरक्षित रुपमा होम आईसोलेसनमा रहेका अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डौ पुगेका थिए ।