आँबुखैरेनी, ५ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। गाउँपालिकाको वडा नं. ३ की ५१ वर्षीया एक महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

भरतपुर अस्पतालमा मंगलबार गरिएको परीक्षणमा महिलामा कोरोन संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको छ।