Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामना गाउँपालिकाको अस्थायी कोभिड अस्पताललाई लायन्स क्लवद्वारा मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग 

इच्छाकामना गाउँपालिकाको अस्थायी कोभिड अस्पताललाई लायन्स क्लवद्वारा मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग 

इच्छाकामना गाउँपालिकाको अस्थायी कोभिड अस्पताललाई लायन्स क्लवद्वारा मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग 
images

कुरिनटार, ७ जेठ । लायन्स क्लबले ईच्छाकामना गाउँपालिकालाई मनिटर र अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । कोभिड संक्रमितको उपचारका लागि क्लबले यी सामग्री सहयोग गरेको हो । लायन्स क्लब ईन्टरनेशनल ३२५ बिटु एरिया नं. ३ का क्लब तथा लायन्सहरुबाट कोभिड क्याम्पियन गरी संकलित रकमबाट सामग्री खरिद गरी बिहिबार हस्तान्तरण गरिएको हो । 

images
images

लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बिटुका ईलेक्ट गभर्नर रामप्रसाद भट्टले ईच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा गभर्नर भट्टले लायन्सले सधैं मानवीय सेवामा कार्य गर्ने बताउँदै कोभिड महामारीको पहिलो चरणदेखि नै निरन्तर सहयोग गर्दै आएको स्मरण गराउनु भयो । उहाँले विभिन्न अस्पताल र आईसोलेसनहरुलाई आवश्यकता अनुसार सहयोग गर्दै आएको र सहयोग जारी राखिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

187967508_1536923329836663_6160508134763786054_n.jpg

गाउँपालिका प्रमुख गुरुङले लायन्सको यो सहयोगले संक्रमितको उपचारमा थप टेवा पुगेको बताउनुभयो । उहाँले गाउँपालिकाद्वारा सञ्चालित अक्सिजन सहितको १९ वेडको आईसोलेसनमा अहिले चार जना संक्रमितको उपचार भईरहेको जानकारी दिनुभयो । सामान्य र मध्यम खालका संक्रमितलाई यही उपचार गरिंदै आएको बताउँदै उहाँले जटिल अवस्था आएमा भरतपुर पठाउने व्यवस्था गरिने जानकारी दिनुभयो ।

सो अवसरमा कोभिड क्याम्पिङ कोअर्डिनेटर सिद्धार्थलाल चुके र बालगोपाल चुकेको उपस्थिति रहेको थियो । 

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १०:२९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology