Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युरोपा लिग फुटबलको उपाधिका लागि आज म्यान्चेस्टर र भिल्ला बीच प्रतिस्पर्धा हुँदै 

युरोपा लिग फुटबलको उपाधिका लागि आज म्यान्चेस्टर र भिल्ला बीच प्रतिस्पर्धा हुँदै 

एजेन्सी

१२, जेठ २०७८
युरोपा लिग फुटबलको उपाधिका लागि आज म्यान्चेस्टर र भिल्ला बीच प्रतिस्पर्धा हुँदै 
images

युरोपा लिग फुटबलको उपाधिका लागि आज इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब भिल्ला रियल बीच प्रतिस्पर्धा हुँदैछ । पोल्याण्डको पोल्साट एरिनामा हुने आजको अन्तिम खेल राति पौने १ बजेबाट सुरु हुनेछ । आज युनाईटेड र भिल्ला जित निकाल्दै उपाधि जित्ने योजना सहित मैदान उत्रने छन् ।

images
images

युनाईटेडले पछिल्लो चार वर्ष यता कुनै पनि उपाधि जित्न सकेको छैन । भिल्ला रियललाई हराएर युनाईटेड उपाधिको खडेरी तोड्न चाहन्छ । यस्तै युनाईटेड दोस्रो पटक उपाधि जित्न चाहन्छ । युनाईटेडले सन् २०१७मा युरोपा लिग जितेको थियो । भिल्ला भने पहिलो पटक युरोपा लिग जित्ने योजनामा हुनेछ ।

भिल्लाले सेमिफाइनलमा आर्सनललाई समग्रमा २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ । त्यसैले भिल्ला फाइनलमा पनि अर्को इंग्लिस क्लबलाई हराउने योजनामा हुनेछ । युनाईटेडले सेमिफाइनलमा इटालियन क्लब रोमालाई समग्रमा ८–५ ले हराएको थियो ।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - १९:०२:५७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology