बुटवल, १५ जेठ । रुपन्देहीमा एक वृद्धलाई बाँधेर यातना दिएको पाइएको छ । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
रुपन्देहीको गैडहवा गाउँपालिका–८ मैनैयामा बिहीवार सुरेश गुरुङलाई बाँधेर यातना दिएको भेटिएको हो । सुरेश भारतीय सेनाबाट अवकास प्राप्त हुन् ।
गैडहवा गाउँपालिका मैनैयास्थित कान्छीबजार नजिकै घरमै उनलाई बाँधिएको अवस्थामा भेटिएको अवस्थामा स्थानीय निमबहादुर भण्डारीले भिडियो खिचेर सार्वजनिक गरिदिएका थिए ।
सुरेशले छोरा अमन र श्रीमती मायाले आफूलाई बारम्बार यातना दिने गरेको बताएका छन् । भिडियोमा नै छोराले आफूलाई किन बाँधेको ? भन्दै प्रश्न गरिरहेको सुन्न सकिन्छ ।
भिडियोमा नै सुरेशलाई कुटपिट गरेको पनि देखिएको छ । सुरेशका छोरा अमनले बाँध्नु नपर्ने काम गर्नुपर्ने बताएको भिडियोमा सुनिएका छन् ।
बारम्बार घरायसी झगडा हुने गरेको स्थानीयहरु बताउँछन् । वडाध्यक्ष भुवन रानाले विगतमा पनि सो परिवारमा बारम्बार झगडा हुने गरेको जानकारी भएको तर यसपटक के भएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन् ।