आँबुखैरेनी, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको तामाखानीको सम्भाव्यता अध्ययन गरिने भएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आँबुखैरेनीमा रहेको तामाखानकिो सम्भाव्यता अध्ययन गरिने जानकारी दिएको हो।
जस अनुसार लामो समयदेखि आँबुखैरेनीमा तामाखानी छ भनेर गरिएको कुरालाई यथार्थमा परिणत हुने सम्भावना भएको छ।