Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीको ढकालटारमा सरकारले आगामी वर्ष बाल सुधार गृह निर्माण गर्ने 

आँबुखैरेनीको ढकालटारमा सरकारले आगामी वर्ष बाल सुधार गृह निर्माण गर्ने 

इच्छाकामना न्युज

१५, जेठ २०७८
आँबुखैरेनीको ढकालटारमा सरकारले आगामी वर्ष बाल सुधार गृह निर्माण गर्ने 
images

आँबुखैरेनी, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा बाल सुधार गृह निर्माण गर्नै भएको छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आँबुखैरेनीमा सरकारले बाल सुधार गृह निर्माण गर्ने घोषणा गरेको हो।

images
images

जस अनुसार सरकारले आँबुखैरेनी गाउँपालिका २ ढकालटारमा बाल सुधार गृह निर्माण गर्ने भएको हो। उक्त स्थानमा बाल सुधार गृह निर्माणका लागि गत चैत १२ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले जग्गाको स्थलगत अवलोकन गरेको थियो। 

ढकालटारमा विद्युत् प्राधिकरणको नाममा रहेको जग्गामा सरकारले बाल सुधार गृह निमाृण गर्न लागेको हो। ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गर्न खोजिएको हो।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - २०:३७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology