चितवन, १५ जेठ । मानव अधिकार तथा शान्ति समाज चितवनले देवघाटमा रहेको एक वृद्वाश्रमलाई स्वास्थ्य तथा खाद्यान्न सामाग्री सहयोग गरेको छ। समाजले गणतन्त्र दिवसको अवसरमा रोटरी करुणालय वृद्वाश्रम देवघाटलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
रोटरीले आफ्नो सोसल मिडिया पेजबाट अध्यावधिक गरेको सूचना अनुसार समाजले ५ सय एमएलको सेनिटाइजर २ पिस, मास्क ५० पिस, हेन्ड वास २ सय ५० एमएलको २ पिस, गुलकोज ४०० ग्रामको ४ पिस, स्याउ २ केजि र चाउ चाउ ३० पिस प्रदान गरेको छ ।
यी सामाग्री समाजका सभापति शम्भु राउत, सदस्यहरु बालगोपाल श्रेष्ठ, पूर्ण चन्द्र चापागाई, रिता न्यौपाने, सुुप्रिया सापकोटाको पहलमा जेष्ठ नागरिकको सम्मानमा उपलब्ध गराईएको समाजले जानकारी दिएको छ । सहयोग लिदै रोटरी करुणालय वृद्वाश्रमले दाताप्रति हार्दिक धन्यवाद अर्पण गरेको छ ।