Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

बजेटमा आँबुखैरेनीः आगामी वर्षका लागि संघिय सरकारबाट करिब २८ करोड बजेट विनियोजन

बजेटमा आँबुखैरेनीः आगामी वर्षका लागि संघिय सरकारबाट करिब २८ करोड बजेट विनियोजन

इच्छाकामना न्युज

१७, जेठ २०७८
बजेटमा आँबुखैरेनीः आगामी वर्षका लागि संघिय सरकारबाट करिब २८ करोड बजेट विनियोजन
images

आँबुखैरेनी, १७ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि संघिय सरकारबाट करिब २८ करोड बजेट विनियोजन भएको छ। संघिय सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अनुसार गाउँपालिकालाई २७ करोड ८५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो।  

images
images

प्राप्त विवरण अुनसार गाउँपालिकालाई समानीकरण अनुदानतर्फ न्युनतम अनुदान ३ करोड, सुत्रमा आधारित अनुदानमा ६ करोड ३९ लाख र कार्य सम्पादनको आधारमा ४९ लाख रुपैयाँ गरि ९ करोड ८८ लाख रुपैयाँ विनियोजन भएको छ। 

यस्तै सशर्त अनुदानतर्फ चालु खर्चको लागि १४ करोड ८८ लाख र पूँजीगत खर्चको लागि १ करोड ५९ लाख रुपैयाँ गरि १६ करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ। 

यसैगरी समपुरक अनुदान तर्फको लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ। उल्लेखित बजेट अनुसार गाउँपालिकाले संघिय सरकारबाट आगामी वर्षका लागि चालु खर्च तर्फ २४ करोड ७६ लाख र पूँजीगत खर्च तर्फ ३ करोड ९ लाख गरि २७ करोड ८५ लाख रुपैयाँ बजेट बिनियोजन भएको देखिन्छ। 

गाउँपालिकाले संघिय सरकारबाट चालु वर्ष पाएको र आगामी वर्ष पाउने बजेट अनुसार चालु वर्ष भन्दा आगामी वर्ष १ करोड ४६ लाख रुपैयाँ बढि बजेट विनियोजन भएको छ। स्मरण रहोस् चालु वर्ष गाउँपालिकाले संभिय सरकारबाट २६ करोड २९ लाख रुपैयाँ पाएको थियो।

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - ०९:४४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology