Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँ उद्योग वाणिज्य संघद्वारा आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण

तनहुँ उद्योग वाणिज्य संघद्वारा आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण

इच्छाकामना न्युज

१८, जेठ २०७८
तनहुँ उद्योग वाणिज्य संघद्वारा आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण

आँबुखैरेनी, १८ जेठ । तनहुँ उद्योग वाणिज्य संघले तनहुँको ऑबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। संघले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान मार्फत् संघले आँबुखैरेनी स्वास्थ्यचौकीका लागि तीन थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो।

images

1.jpg

संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मङ्गलबार गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। संघले पाँच थान पिपिई, एक थान अक्सिमिटर, १५ थान फेसशिल्ड, ३० थान हेडक्याप, एक थान थर्ममिटर, डस्टबीन लगायतका सामग्री हस्तान्तरण गरेको तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिका सभापति दिपक कोइरालाले जानकारी दिए।

स्वास्थ्य सामाग्री हस्तान्तरण संघका अध्यक्ष श्रेष्ठले दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र कालीभञ्जन गण (इ) लाई यसअघि नै सहयोग गरिएको बताए।

यस्तै स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष थापाले कोभिड नियन्त्रणका लागि संघले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे। सबैको सामूहिक प्रयासबाट कोभिड नियन्त्रण गर्न सकिने उनको भनाई थियो ।

187117985_2955385664749459_453102564905948966_n.jpg

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २०:२९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology