Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाका थप ३ जनामा कोरोना संक्रमण देखियो

इच्छाकामनाका थप ३ जनामा कोरोना संक्रमण देखियो

इच्छाकामना न्युज

१९, जेठ २०७८
इच्छाकामनाका थप ३ जनामा कोरोना संक्रमण देखियो

चितवन, १९ जेठ । पछिल्लो २४ घण्टामा चितवनको इच्छाकामना गाउँपालिकामा पनि ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार गाउँपालिकाका थप ३ जनामा कोरोना संक्रमण देखिएको हो।

images

कार्यालयका अनुसार पछिल्लो समय चितवनमा ९५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये भरतपुर महानगरका ५७ जना, खैरहनीका १३ जना, माडीका ४ जना, राप्ती नगरपालिकाका १३ जना, कालिकाको १ जना, इच्छाकामनाका ३ जना रहेका छन् ।

चितवनमा विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन भएको छैन भने आजसम्म २२१ जना संक्रमितको मृत्यु भएको छ । अहिले चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार ६०५ जना रहेका छन् । 

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २१:२१:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology