Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देशविदेशमा रहेका स्थानीयको सक्रियतामा शहिद लखनको बुंकोटमा सुविधासम्पन्न १० बेडको आईसोलेसन निर्माण

देशविदेशमा रहेका स्थानीयको सक्रियतामा शहिद लखनको बुंकोटमा सुविधासम्पन्न १० बेडको आईसोलेसन निर्माण

इच्छाकामना न्युज

१९, जेठ २०७८
देशविदेशमा रहेका स्थानीयको सक्रियतामा शहिद लखनको बुंकोटमा सुविधासम्पन्न १० बेडको आईसोलेसन निर्माण

बुंकोट, १९ जेठ । गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्वास्थ्य चौकीमा स्थानीयले सुविधा सम्पन्न आइशोलेसन निर्माण गरेका छन् । देश बिदेशमा रहेकाको सहयोगमा स्थानीय जुटेर १० वेड क्षमताको आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । बैशाख २४ गते वडा अध्यक्ष श्रेष्ठले स्थानीय बुद्धीजिवी, राजनीतिक दल, अगुवा, वडाका जनप्रतिनिधिको भेला राखे ।

images

भेलाले कोरोना नियन्त्रण रोकथामको योजना, रणनीतिका बारेमा छलफल ग¥यो । सँगै स्थानीय प्रेम श्रेष्ठको संयोजकत्वमा आपत् कालिन आर्थिक समिति गठन ग¥यो । काठमाण्डौँमा ब्यवशाय गर्दै आएका सामाजिक अभियन्ता श्रेष्ठको संयोजकत्वको आर्थिक समितिलाई सहयोग जुट्न थाल्यो । उक्त सहयोगबाट स्वास्थ्य चौकीमा आइशोलेसन बनाउने योजना बन्यो ।

जताततै कोभिडको संक्रमण बढ्न थाल्यो, शहीदलखन गाउँपालिकामा पनि संक्रमण फैलियो’ वडा अध्यक्ष श्रेष्ठले भने ‘अन्यत्र अस्पतालमा वेड नपाउने, बिरामीको उपचारमा समस्या हुने भएपछि हामीले हाम्रै स्वास्थ्य चौकीमा आइशोलेसन निर्माण ग¥यौँ ।’ अक्सिजन, स्तरीय बेड सहित आइशोलेसनका लागि चाहिने सबै उपकरण तयार रहेको उनले बताए ।

‘स्वास्थ्यकर्मीको टोली हामीसँग छ, डाक्टर सहितको सेवा बिरामीले आइशोलेसनबाट पाउँछन्’ उनले भने । उक्त आइशोलेसन एक साताभित्र निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । आइशोलेसनका लागि १६ लाख भन्दाबढि रकम संकलन भएको आर्थिक संयोजक प्रेम श्रेष्ठले बताए ।

उक्त रकमबाट आइशोलेसनका लागि चाहिने सामग्री जोहो गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब संचालनमा रहेको, दक्ष स्वास्थ्यकर्मी भएकाले आइशोलेसनमा बसेकालाई सेवा दिन सहज हुने गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

‘हामीले पालिका भित्रका बिरामीलाई त्यहाँ राखेर आइशोलेसनको सेवा पनि दिन सक्छौँ’ स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले भने । बुङ्कोट स्वास्थ्य चौकीमा ठाउँ पनि रहेकाले आइशोलेसन निर्माण गर्न सकिएको वडा अध्यक्ष श्रेष्ठले बताए ।

आइशोलेसन निर्माणमा नर्बेका नब राज श्रेष्ठ, स्थानीय किरणबाबु श्रेष्ठ, राजकुमार आले, समितिका सदस्यहरु, सल्हाकार समितिका जीबनबहादुर आले लगायत दाताहरु सबैको सहयोग महत्वपूर्ण रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २१:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology