Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल इजरायलमा अन्त्य हुने सम्भावना

बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल इजरायलमा अन्त्य हुने सम्भावना

एजेन्सी

२०, जेठ २०७८
बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल इजरायलमा  अन्त्य हुने सम्भावना
images

काठमाण्डौ, २० जेठ । इजरायलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुने भएको छ । विपक्षी दलहरु गठबन्धन सरकार बनाउनका लागि सहमत भएसँगै प्रधानमन्त्री नेतान्याहुको १२ वर्षे शासनकाल अन्त्य हुन लागेको हो ।

images
images

विपक्षी दलहरुले रोलक्रमका आधारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति गरेका बीबीसीले जनाएको छ । ७१ वर्षका नेतान्याहु इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुनुहुन्छ ।

उहाँले विपक्षी गठबन्धनको सरकार बने देशलाई खतरा हुने चेतावनी दिँदै आउनु भएको छ ।  विपक्षी गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनु पर्ने खबरमा उल्लेख  गरिएको छ ।

योसँगै नेतान्याहुको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । सन् २००९ देखि प्रधानमन्त्रीमा रहेका नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - ०७:५४:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology