Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक धमाधम सडक कालोपत्रे हुदै

गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक धमाधम सडक कालोपत्रे हुदै

ढुङ्गाडे देखि खाब्दी भञ्ज्याङ्ग हुदै नामजुङ्गसम्म  १२ किलोमिटर सडक कालोपत्रे हुदै 

गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक धमाधम सडक कालोपत्रे हुदै
images

घैरुङ, २० जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे हुने भएको छ। जस अनुसार हाल गाउँपालिकामा निर्माणधिन सडकहरु मध्य ढुङ्गाडेदेखि खाब्दी भञ्ज्याङ्ग हुदै नामजुङसम्मको करिब १२ किलोमिटर सडक कालोपत्रे हुने भएको हो।

images
images

हाल उक्त सडकखण्डमा कालोपत्रे निर्माणको काम धमाधम भैरहेको छ। असार मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भैरहेको पूर्वाधार विकाश कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले बताए। कार्यालय प्रमुख अधिकारीका अनुसार ढिलोमा भदौसम्ममा कालोपत्रेको काम सकिनेछ।

192325919_2920333984904017_654496044371680411_n.jpg 

गण्डकी प्रदेश सरकारको ३३ करोड¬¬ लगानीमा कालोपत्रे भैरहेको उक्त सडकको चौडाई साढे ५ मिटरको बिबिएसटी कालोपत्रे हुनेछ भने दायाँबायाँ ७५/७५ सेन्टिमिटरको ग्रावेल हुनेछ। एकातर्फ १ मिटरको नाला समेत निर्माण हुने उक्त सडकको निर्माण लामा कन्स्ट्रक्सनले गरिरहेको छ। 

यस्तै निर्माणधिन यो सडक कालोपत्रे सम्पन्न भएपश्चात गाउँपालिकामा पहिलो पटक कालोपत्रे सडकको रुपमा ढुङ्गाडे–खाब्दी भञ्ज्याङ्ग–नामजुङ सडकखण्डक हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए।

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - २१:३३:०१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology