Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ढुङ्गगा, गिटी र बालुवामा टेण्डर नलाग्दा राजश्व गुम्ने खतरा बढ्योः देवघाट गाउँपालिका

ढुङ्गगा, गिटी र बालुवामा टेण्डर नलाग्दा राजश्व गुम्ने खतरा बढ्योः देवघाट गाउँपालिका

आशिक राना

२०, जेठ २०७८
ढुङ्गगा, गिटी र बालुवामा टेण्डर नलाग्दा राजश्व गुम्ने खतरा बढ्योः देवघाट गाउँपालिका
images

देवघाट, २० जेठ ।  देवघाट गाउँलालिकामा ढुङ्गगा गिटि र बालुवामा टेण्डर नलाग्दा राजश्व गुम्ने खतरा बढेको बताएको छ। गाउँपालिकाले नदिजन्य पदार्थ उद्खनन्को लागि तिन पटक सम्म सुचना प्रकाशित गर्दा समेत कसैको टेण्डर नपरेको जनाएको छ।

images
images

गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिहिवार प्रेस विज्ञप्ती जारी गरि २०७७  माघ १४ गते फागुन १३ गते र २०७८ बैशाख ६ गते गरी ३ पटक सम्म सूचना प्रकाशित गर्दा समेत टेण्डर नलागेको जानकारी दिनुभएको थियो। विज्ञप्तीमा गत आर्थिक बर्षमा सन्ध्या सन्देश निर्माण सेवाले समस्या हुँदा हुँदै पनि लकडाउनका कारण ढुङ्गगा, गिटी र बालुवा उठाउन नपाएको कारण राजश्व संकलनमा कमी आएको उल्लेख गरेको छ।

चालु आर्थिक वर्षमा तिन पटक सूचना आह्वान गर्दा पनि टेण्डर नपरे पछि राजश्व गुम्ने खतराले प्रक्रियागत रुपमा उक्त सन्ध्या सन्देश निर्माण सेवालाई नै  ३० लाखमा काली भतेरि र भुवनटारघाटबाट नदिजन्य पदार्थ ढुङ्गगा, गिटी र बालुवा उत्खनन् गर्न अनुमति दिएको अध्यक्ष थापाले प्रष्ट पारे।

नदिजन्य पदार्थ उत्खनन्को सन्दर्भमा देवघाट स्थित स्वतन्त्र युवा समुहले देवघाट गाउँपालिकालाई ज्ञापन पत्र बुझाए पछि अध्यक्ष थापाले प्रेस विज्ञाप्ती सार्वजनिक गर्दै यस बारेमा जानकारी गराएका हुन। स्थानीयको बिरोध रहि रहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गगा, गिट्टी र बालुवाको ठेक्का नलाग्ने निश्चित भएकोले सचेत हुन थापाले आग्रह गरे। उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट टेण्डरमा लैजान वातावरण सिर्जना गर्न समेत आग्रह गरे।

नदिजन्य पदार्थ उत्खनन संकलित राजश्व ४० प्रतिशत  प्रदेश सरकारलाई  र बाकी  ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा बिकासका कामहरुमा लगानी गरिने गाउँपालिकाले प्रष्ट परेको छ। साथै देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गगा, गिट्टी र बालुवा बिकास निर्माण कार्यमा देवघाटका युवाहरुलाई प्राथमिकता दिने पनि देवघाट गाउँपालिकाले प्रतिबद्धता जनाएको छ।

195793456_1421353464867107_7756890429529378846_n.jpg

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - २३:१६:०५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology