Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

‘एस्पिरिन’ ले ४० प्रतिशत भन्दा बढी कोरोना संक्रमित विरामी निको पार्यो

‘एस्पिरिन’ ले ४० प्रतिशत भन्दा बढी कोरोना संक्रमित विरामी निको पार्यो

एजेन्सी

१२, कार्तिक २०७७
‘एस्पिरिन’ ले ४० प्रतिशत भन्दा बढी कोरोना संक्रमित विरामी निको पार्यो
images

 कोरोना संक्रमणको विश्वब्यापी महामारी चलिंरहंदा यसविरुद्धका प्रयासहरु पनि जारी नै छन । यसको रोकथाम र उपचारका लागि औषधिको विकास गर्ने क्रम चलिरहेको छ । विभिन्न मुलुकका धेरैजसो वैज्ञानिकहरु खोप विकासको अन्तिम चरणमा पुगेका थुप्रै समाचारहरु पनि सुन्दै आइरहेका छौं । तर तत्कालका लागि कोरोना संक्रमित विरामीको उपचार गर्ने अचुक औषधि छैन । तसर्थ हालसम्मको उपचार प्रकृया प्रयोगात्मक शैलीमै आधारित छ ।

images
images

कोरोना भाइरसको औषधि उपलब्ध नभए पनि विरामीको जीवन बचाउने चिकित्सकहरुको यस्तो प्रयासले विरामीलाई निको पार्न र मृत्युदर घटाउन उल्लेखनीय भूमिका खेलेको छ । यसै सन्दर्भमा अनुशन्धानकर्ताहरुको अध्ययनले अर्को एउटा औषधिको प्रयोगले कोरोना संक्रमित विरामीहरुको मृत्युदर घटाउन सकिने तथ्य फेला पारेको छ । जसअनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई मृत्युबाट बचाउन ‘एस्पिरिन’ नामक औषधि सफल भएको तथ्य अनुशन्धानकर्ताहरुले पत्ता लगाएका हुन ।

अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनका विशेषज्ञहरुको अध्ययनले यस्तो आशाको किरण देखाएको हो । उनीहरुका अनुसार अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीहरुलाई दैनिक कम डोजका दरले एस्पिरिन ट्याब्लेट खुवाउँदा आईसियूमा भर्ना गर्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्थामा ४० प्रतिशत भन्दा बढीले कमी आएको छ । त्यस्तै कारोना संक्रमित विरामीहरुको मृत्युदर पनि झण्डै आधा घटाएको छ ।

सामान्यतया एस्पिरिन चक्की टाउको दुखाई, महिलाहरुको मासिक धर्म, मांसपेशिहरुमा हुने चोट, सर्दी, फ्लु, जोर्निको समस्याका कारण हुने दुखाई र ज्वरो जस्ता समस्यामा प्रयोग गरिन्छ । हृदयघात काम गर्न तथा रगत पातलो बनाउनका लागि पनि एस्पिरिनको प्रयोग हुँदै आएको छ । रगत जम्ने र चोक्टा चोक्टा भएर रक्त प्रवाहमा हुने अवरोधलाई रोक्न सक्ने एस्पिरिनको क्षमताले नै कोरोना संक्रमित विरामीहरुलाई निको पार्न सकेको विशेषज्ञहरुले बताएका छन ।

किनकी कोरोना संक्रमित विरामीको रगत चिप चिप लाग्ने खालको बाक्लो हुँदै जान्छ र धमनीहरुबाट हुने रक्त प्रवाहलाई रोक्छ । कोरोना संक्रमित विरामीहरुको उपचारका क्रममा चर्चा कमाउन सफल एस्पिरिन नामक औषधि ननस्टेरायडल एन्टी–इनफ्लेमेटरी ड्रग (एनएसएआईडी) श्रेणीमा पर्छ ।

यो बर्गमा पर्ने प्यारासिटामोल र इब्रुफिन जस्ता औषधिहरु बारे भने पर्याप्त अध्ययन हुन सकेको छैन । कोरोना संक्रमितको उपचारमा एनएसएआईडी श्रेणीमा पर्ने ईब्रुफिनको प्रयोग गर्न हानिकारक रहेको कुनै तथ्य फेला नपरेको ब्रिटेनको सरकारी स्वास्थ्य निकाय नेशनल हेल्थ सर्भिस (एनएचएस) लाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

नागरिक न्युजबाट

download.png

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - ०९:१७:४१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology