Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भारतमा बेच्न लगिएकी गोरखा बारपाककी २० वर्षीया युवती सहित २ युवतीको बिरगन्जबाट उद्धार

भारतमा बेच्न लगिएकी गोरखा बारपाककी २० वर्षीया युवती सहित २ युवतीको बिरगन्जबाट उद्धार

इच्छाकामना न्युज

२१, जेठ २०७८
भारतमा बेच्न लगिएकी गोरखा बारपाककी २० वर्षीया युवती सहित २ युवतीको बिरगन्जबाट उद्धार
images

गोरखा २१, जेठ । भारतमा बेच्न लगिएकी गोरखाकी एक युवतीको बिरगन्जबाट उद्धार गरिएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–८ की २० बर्षिय युवतीलाई सहित तनहुँ घर भएकी २२ बर्षकी रिमा गुरुङलाई पनि मंगलबार प्रहरीले उद्धार गरेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

images
images

ति युवतीलाई यहीँ जेठ १६ गते साथी रिमाको घरमा गएकी बेला रिमाकी अमाजु दिदी पर्ने सीता थापा छेत्री भनेर चिनिने सकिना खातुन र भारतीय नागरिक समेत रहेका उनका श्रीमान असुगर सैफीले ललाई फकाई बिक्रिका लागि पठाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनिहरुले एक घन्टा पूजाको लागि कन्या, महिनावारी नभएको, चोखो युवती चाहिएको हुँदा तिमीहरू जाऊ र त्यहाँ गएर पूजा गरे वापत एक लाख पैसा पाउँछौ भनी प्रलोभन देखाई घर परिवारको जानकारी विना रिमा सहित युवतीलाई नेपालगञ्ज पठाएका थिए ।

पहिले वीरगंज गई पैसा लिएर नेपालगन्ज जाने हो भनी तनहुँबाट टिप्परमा चढाई १७ गते वीरगंजमा ल्याई बसपार्कको एक होटेलमा राखेको र त्यहाँ ल्याएर फेरि भारतको बेतिया जान पर्ने भयो भनी अर्को दिन युवतीलाई बिहानै बोर्डर नजिकै पुर्याएका थिए । युवतीले तराईबासी मात्र देखेपछि रिचार्ज किन्ने बहाना बनाई पसलमा गई बेतिया भन्ने ठाउँ कहाँ हो भनी सोध्दा स्थानीयले भारत हो भने पछि आफूहरु जोखिममा रहेको महशुस भई त्यही स्थानीय व्यक्तिलाई आफूहरु आउनुको उद्देश्य बताएर त्यहाँबाट फुत्किन सहयोग माग्दा स्थानीयले पुलिसलाई बोलाइदिएपछि जिल्ला प्रहरी कार्यालयमा पु¥याई अनुसन्धान गरी युवतीलाई आफन्त नेपालको आवधिक गृहमा राखिएको छ ।

निज व्यक्तिहरुले उक्त युवतीहरुलाई पूजा गर्ने बहानामा बेचबिखन गर्न लैजान लागेको कुरा पुष्टि भएको हुँदा सीता थापा छेत्री भनेर चिनिने सकिना खातुन र निजको श्रीमान् असुगर सैफी विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरिएको निर्देशक भट्टराईले जानकारी दिनुभयो । अभियक्तहरुले मिलोमतोमा पहिले पनि धेरै युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी भारत पुर्याएको पनि जानकारी आएको उहाँको भनाई छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७८ शुक्रवार - २१:१३:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology