Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चेपाङ समुदायमा देखिएको खाद्यान्न संकट न्युनिकरणका लागि बेनिघाट रोराङका युवाहरुले सुरु गरे खाद्यान्न संकलन अभियान

चेपाङ समुदायमा देखिएको खाद्यान्न संकट न्युनिकरणका लागि बेनिघाट रोराङका युवाहरुले सुरु गरे खाद्यान्न संकलन अभियान

इच्छाकामना न्युज

२२, जेठ २०७८
चेपाङ समुदायमा देखिएको खाद्यान्न संकट न्युनिकरणका लागि बेनिघाट रोराङका युवाहरुले सुरु गरे खाद्यान्न संकलन अभियान
images

धादिङ, २२ जेठ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय युवाहरुले चेपाङ समुदायमा देखिएको खाद्यान्न संकट न्युनिकरण गर्न खाद्यान्न संकलन अभियान सुरु गरेका छन् । विशेषत अहिले बेनीघाट रोराङ ८ का चेपाङ बस्तीमा खाद्यान्न संकट भएको छ । ‘हामी राहात संकलन गर्दै उक्त वस्तीमा पुर्‍याउदै गर्ने अभियानमा छौ’ स्थानीय अगुवा विवेक थपलियाले बताए। 

images
images

थपलियाका अनुसार अहिलेसम्म यस अभियानका लागि बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटिद्वारा व्यक्तिगत ३० बोरा चामल, बिबेक थपलिया १० बोरा चामल, कुमार बस्नेत १० बोरा चामल, राज कुमार श्रेष्ठ १० बोरा चामल, पबन थपलिया १० बोरा चामल, टिका थपलिया १० बोरा चामल, सन्तोस बस्नेत १० बोरा चामल, दिनेश बस्नेत १० बोरा चामल, खेम भुजेल ७ बोरा चामल, ध्रुब पान्डे ७ बोरा चामल, बिष्णु थपलिया ५ बोरा चामल राजकुमार थपलिया ५ बोरा चामल, अम्बर गुरुङ १० बोरा चामल र विकास चेपाङद्वारा १० बोरा चामल संकलन भएको छ । 

थपलियाले यस अभियानका लागि देश तथा विदेशमा रहनुहुने समाज सेवी संस्था एवम् व्यक्तिलाई पनि सहयोग गर्न अपिल गर्दै सम्पर्कका लागि थपलियाले निम्न नम्बर दिएका छन् । 
9851169958, 9818 345453, 9818255545 
तस्वीर स्रोतः शंकर श्रेष्ठ

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १०:००:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology