Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आइसोलेसन निर्माणको लागि मुग्लिन हाईवे हस्पिटललाई उद्योग वाणिज्य संघ चितवनद्वारा सहयोग

आइसोलेसन निर्माणको लागि मुग्लिन हाईवे हस्पिटललाई उद्योग वाणिज्य संघ चितवनद्वारा सहयोग

इच्छाकामना न्युज

२२, जेठ २०७८
आइसोलेसन निर्माणको लागि मुग्लिन हाईवे हस्पिटललाई उद्योग वाणिज्य संघ चितवनद्वारा सहयोग

मुग्लिन, २२ जेठ । मुनाफरहित सामुदायिक हस्पिटलको रुपमा संचालित मुग्लिङ हाईवे हस्पिटललाई चितवन उद्योग वाणिज्य संघद्धारा ५ वटा वेड सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

images

कोभिड विरामीहरुको लागि ५० बेडको आइसोलेसन तथा गरिब तथा पिछडीएका वर्गहरुको लागि निशुल्क उपचारार्थ स्वास्थ्य सुरक्षाका अत्याबश्यक सामग्रीहरु चितवन उद्योग बाणिज्य संघ नारायणगढका अध्यक्ष राजु श्रेष्ठले एक कार्यक्रमको विच हस्पिटललाई हस्तान्तरण गरेका हो ।

कोभिड बिरामीलाई आईसोलेनस संगै निशुल्क विरामीहरुको उपचार सेवा दिरहेको यस हस्पिटललाई ५ थान मेडिकल बेड, सेनिटाईजर ५ जार, अक्सिमीटर ५ थान, सर्जिकल ग्लोब्स २५०० पिस, सर्जिकल मास्क २५० थान प्रदान गरेको हो । हस्तान्तरण कार्यक्रममा चितवन उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, द्धितिय उपाध्यक्ष चिरञ्जिबी सुबेदी, सदस्य बिकास थापा, सिरिष पन्त, लील बहादुर क्षेत्री र मुक्ति कुमार श्रेष्ठको उपस्थिति रहेका थिए ।

हस्पिटलमा अहिले १० बेडको आइसोलेसन सञ्चालन भइरहेको र थप ४० बेडको लागि तयारी भइरहेको हस्पिटलका अध्यक्ष राम बहादुर लामाले बताउनुभयो । यस हस्पिटलले दैनिक १० देखि १५ जनाको संख्यामा एन्टिजेन विधिबाट कोभिडको निशुल्क टेष्ट गर्दै आएको र २ जना कोभिड पोजेटिभ हस्पिटलको आइसोलेसनमा रहेको अध्यक्ष लामाले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १४:५४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology