मुग्लिन,२३ जेठ । विपन्न समुदायको आर्यआर्जन वृद्धिका लागि बाख्रा वितरण गरिएको छ। चितवनको इच्छाकामनाका गाउँपालिका वडा नम्बर ५ थाकल डाडाँका २५ परिवारलाई बाख्रा वितरण गरिएको हो ।
वडा नम्बर ५ को कार्यालयले शान्ति टोल विकास संस्था अन्तरगतका २५ परिवारलाई बाख्रा वितरण गरिएको वडाध्यक्ष मोदराज सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको बार्षिक कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट दुई लाख रुपैयाँको २५ वटा बाख्रा वितरण गरिएको हो । आयआर्जन वृद्धिका लागि वडाले बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । २० घर चेपाङ र ५ घर गुरुङ परिवारलाई बाख्रा वितरण गरिएको हो ।
बाख्राको आवश्य पर्ने उपचार गाउँपालिकाले निशुल्क गर्ने गाउँपालिका पशु शाखा प्रमुख दीपक पुरीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा पछिल्लो समय व्यवसायी रुपमै बाख्रा पालन गर्नेको संख्या पनि बढ्दै गएको उहाँले बताउनुभयो । गाउँपालिकाले बाख्रा पालनका लागि अनुदानका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेका छन् ।