Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या ५८ पुग्यो

आँबुखैरेनीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि, जम्मा संक्रमितको संख्या ५८ पुग्यो

इच्छाकामना न्युज

२३, जेठ २०७८
आँबुखैरेनीका थप १४ जनामा कोरोना संक्रमण पुष्टि,  जम्मा संक्रमितको संख्या ५८ पुग्यो
images

आँबुखैरेनी, २३ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गाउँपालिकाले नियमित अपडेट मार्फत सो कुराको पुष्टि गरेको हो।

images
images

गाउँपालिकाले दिएको जानकारी अनुसार जेठ २१ गते संकलन गरिएको स्वाव नमुनाको पिसीआर परीक्षण गर्दा आज आएको रिपोर्ट अनुसार ७ जना र गाउँपालिकाकै स्वास्थ्य शाखाले गरेको एन्टिजेन परीक्षणबाट परीक्षणबाट ७ जना गरी १४ जनामा कोरोना संक्रमण देखिएको हो।

आज संक्रमित देखिनेहरुमा वडा नं. १ का २२ वर्षका पुरुष, वडा नं. २ का ६ र ३८ वर्षका पुरुष साथै ४८ र २८ वर्षका महिला, वडा नं. ३ का ६६ वर्षका १ पुरुष र १ महिला रहेको छ। यस्तै वडा नं. ४ का ३३, ३४, १५, ६३, ७५, ११ वर्षका महिलाका साथै ५ वर्षका पुरुष रहेका छन्। यो सँगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।

यसैगरी आँबुखैरेनी गाउँपालिकामा रहेको जम्मा ५८ जना संक्रमित मध्य १६ जना निको भएको २ जनाको मृत्यु भएको र ४० जना सक्रिय संक्रमित रहेको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ।

 

images
प्रकाशित मिति :जेठ २३, २०७८ आइतवार - २०:३८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology