Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखनमा सरकारले निःशुल्क वितरण गर्न पठाएको सेनेटरी प्याड निजि मेडिकल हलमा बिक्री गरेको भेटियो

गोरखाको शहिद लखनमा सरकारले निःशुल्क वितरण गर्न पठाएको सेनेटरी प्याड निजि मेडिकल हलमा बिक्री गरेको भेटियो

वडा नं. ८ का वडाध्यक्ष अम्गाईको निर्देशनमा बिक्री गरेको घैरुङको शित्तल मेडिकल हलका संचालकको भनाई

इच्छाकामना न्युज

२४, जेठ २०७८
गोरखाको शहिद लखनमा सरकारले निःशुल्क वितरण गर्न पठाएको सेनेटरी प्याड निजि मेडिकल हलमा बिक्री गरेको भेटियो

घैरुङ, २४ जेठ । नेपाल सरकारले विद्यालयहरुमा निःशुल्क वितरण गर्नका लागि भनेर पठाईएको सेनेटरी प्याड गोरखाको शहिद लखन गाउँपालिकामा भने एक निजि मेडिकल हलबाट बिक्री भैरहेको पाईएको छ। आईतबार गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीको नेतृत्वमा गएको अनुगमन समतिले गरेको अनुगमनको क्रममा गाउँपालिकाको वडा नं. ६ स्थित घैरुङमा रहेको शित्तल मेडिकल हलमा सरकारले निःशुल्क वितरण गर्न पठाएको सेनेटरी प्याड बिक्री गरिरहेको पाईएको हो। 

images

अनुगमनको क्रममा मेडिकल हलले बिक्री गरेर बाँकी रहेको ६५ थान प्याड भने गाउँपालिकाले नियन्त्रणमा लिईएको अनुगमन समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए। 

pad.jpg

उता मेडिकल हलका संचालक शित्तल श्रेष्ठले भने गाउँपालिकाको वडा नं. ८ का वडाध्यक्ष काशीनाथ अंगाईको आग्रहमा उहाँ मार्फत सामाग्री ल्याएर बिक्री गरेको स्वीकार गरे। ‘मैले विद्यालयमा दिनका लागि स्याम्पल मागेको थिएँ, उहाँले (वडा नम्बर ८ का वडा अध्यक्ष) पठाइदिनुभयो लकडाउन पछि पसलमा समान अभाव हुँदै जाँदा सो प्याड ७० रुपैयाँका दरले विक्री गरेको हु’ –उनले बताए।

यता वडा नं. ८ का वडाध्यक्ष काशीनाथ अँगाइले भने बिक्रीका लागि नभै स्पाम्पलको लागि पठाईएको बताए।  ‘मैले स्याम्पलका लागि पठाएको हुँ विक्री गरेको होइन, नेपाल सरकारले निशुल्क वितरण गर्ने स्वास्थ्य सामग्री कम्पनीले निशुल्क वितरणका लागि भनेर लेख्ने गरेको र सोही सामग्री मगाएर पठाएको हुँ’ –उनले बताए । कम्पनीबाट मगाएर आफूले पठाएको उनको भनाइ छ। ‘

pad-3-800x450.jpg

यस्तै मेडिकल सञ्चालक श्रेष्ठले भने, भोली अनुगमनका कुरा आए भने पनि  आउने हामी नै हो केही फरक पर्दैन चलेको मूल्यमा बेच्नु भनेका कारण आफूले विक्रि गरेको उनले बताए । आवश्यकता परे आफूले अरु पनि सामग्री उपलब्ध गराउन सक्ने वचन दिएको उनको भनाइ छ ।

पालिका स्थित स्वास्थ्य शाखा जाने बाटोमा बायाँ तर्फ रहेका घैरुङ मेडिकल हल नाममा औषधि व्यावसाय दर्ता गरेका शितल श्रेष्ठले यो सामग्री विक्री गर्न हुँदैन भन्ने जानकारी भएपनि दिनेले बेच्नु भनेपछि आफूले विक्री गरेको उनले बताए । यहाँ रहेको विद्यालयले पनि माग गरिररहेको थियो उसलाइ स्याम्पल देखाउने उदेश्यले आफूले सामग्री मगाएको उनले बताए । निःशुल्क प्रदान गरिने स्वास्थ्य सामग्री वितरण गरेको भेटिएपछि मेडिकलका कागजपत्र नियन्त्रणमा लिइएको र यसको नियम अनुसारको काम हुने स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।

पालिकाको सोही स्थानमा अर्को  दर्ता विना सञ्चालनमा आएको औषधि पसल समेत भेटिएको छ । योग्यता नभएका व्यक्तिहरुले औषधि विक्री गर्दै आएको फेला परेपछि आवश्यक कागजपत्र तयार गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिएको पालिका स्थित स्वास्थ्य शाखाले जनाएको छ ।

pad-4-800x450.jpg

जनशक्ति मा।वि। लेखिएको कार्टुन भित्र रहेको प्याडमा सो विद्यालयका प्रधानाध्यापकको सम्पर्क नम्बर अँकित छ । सो विद्यालयका प्रधानाध्यापक चिरन्जिवि काप्रिका अनुसार विद्यालयका लागि प्याड खरिद गर्नुपर्ने भएको हुँदा स्याम्पलका लागि माग गरिएको र विद्यालयलाइ भनेको बाक्स मेडिलकमा र मेडिकलका लागि आएको विद्यालयमा आएको उनले बताए । विद्यालयमा आएको सामग्रिमा पनि नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेखिएको प्रधानाध्यापक काप्रीले बताए ।

गाउँपालिकाले  सेफ्टी प्याड खरिदका लागि विद्यालयको खातामा रकम पठाएको शिक्षा शाखाले जनाएको छ । विद्यार्थिहरुलाइ निशुल्क  प्रदान गर्ने उक्त प्याडमा नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेख्नु अनिवार्य हुन्छ, त्यो सामग्री वाहिर विक्री गर्न पाइँदैन, निशुल्क वितरण गर्ने सामग्री विक्रि वितरण गर्ने गराउनेलाइ कारवाहि हुन्छ स्वास्थ्य सेवा विभागका महानिर्देशक निर्देशक डा। दिपेन्द्र रमन सिँहले बताए ।

नेपाल सरकार र दाता दिएको स्वास्थ्य सामग्रीहरु जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीहरुको मिलिमतोमा निजि मेडिकलबाट विक्री वितरण भइरहेको जनगुनासाहरु जिल्लामा निरन्तर आइरहेका छन् ।

images
प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - ०८:२१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology