Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखा शहिद लखन गाउँपालिकाका १७३ जनाले कोरोना खोप लगाए

गोरखा शहिद लखन गाउँपालिकाका १७३ जनाले कोरोना खोप लगाए

इच्छाकामना न्युज

२५, जेठ २०७८
गोरखा शहिद लखन गाउँपालिकाका १७३ जनाले कोरोना खोप लगाए
images

घैरुङ, २५ जेठ । गोरखाको शहीद लखन गाउँपालिकामा मंगलवार एक सय ७३ जनाले कोरोना खोप (भेरोसिल) लगाएका छन् । एक सय चार महिला र ६९ जना पूरुषले खोप लगाएका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

images
images

पहिलो दिन ६३ र ६४ वर्ष उमेर समुहका मानिसलाई खोपमा प्राथमिकता दिइएको थियो । ६० देखि ६४ वर्ष उमेरका एक हजार एक सय ५३ जना पालिका भित्र रहेको र खोप भने तीन सय ६० मात्रै आएको उनले बताए ।

यस अघिको अभियानमा छुटेका ६५ वर्ष उमेर माथिका मात्रै उक्त गाउँपालिकामा एक हजार पाँच सय ५४ जना रहेका छन् । पहिले छुटेकालाई अहिले खोप लगाइएको छैन ।

अहिले ६२ देखि ६४ वर्ष उमेरकालाई खोप लगाउन निर्देशन भएकाले सोही अनुसार लगाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २५, २०७८ मंगलवार - २१:५६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology