Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

माछा मार्न त्रिशूली नदीमा गएका आँबुखैरेनी पुरबेसीका किरण गुरुङ ४ दिन देखि बेपत्ता, अझै भेटिएनन्

माछा मार्न त्रिशूली नदीमा गएका आँबुखैरेनी पुरबेसीका किरण गुरुङ ४ दिन देखि बेपत्ता, अझै भेटिएनन्

इच्छाकामना न्युज

२७, जेठ २०७८
माछा मार्न त्रिशूली नदीमा गएका आँबुखैरेनी पुरबेसीका किरण गुरुङ ४ दिन देखि बेपत्ता, अझै भेटिएनन्

आँबुखैरेनी, २७ जेठ । माछा मार्न त्रिशूली नदी गएका तनहुँका एक व्यक्ति ४ दिनदेखि बेपत्ता भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय किरण गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन्। यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

images

गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो। नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको उहाँले बताउनुभयो।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - २०:४४:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology