यूईएफए च्याम्पियन्स लिग अन्तर्गत हिजो भएको समूह ‘जी’ को खेलमा बार्सिलोना विजयी भएको छ। युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई २–० ले बार्सिलोनाले पराजित गरेको हो।
जितसँगै बार्सिलोनाको २ खेलमा ६ अङ्क भएको छ। युभेन्टस भने २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ।
यस्तै हिजै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुल बसकसेइरलाई पराजित गरेको छ। मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली टोली पीएसजीले २–० को जित हासिल ग¥यो।
यस्तै च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा बोरुसिया डर्टमण्डले रसियन क्लब जेनिट सेन्ट पिटरबर्गलाई पराजित गरेको छ। राति भएको समूह ‘एफ’ को खेलमा डर्टमण्डले पिटरबर्ग टोलीमाथि २–० को जित निकालेको हो। डर्टमण्डले पहिलो जितसहित तीन अङ्क जोडेको छ। रसियन क्लब पिटसबर्ग अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ।
सोही समूहको अर्को खेलमा लाजियो र क्लब ब्रुगिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। लाजियोले४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ। समान अङ्क भएपनि क्लब ब्रुगिस गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा छ ।