Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

शहिद लखनको बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

शहिद लखनको बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

इच्छाकामना न्युज

३०, जेठ २०७८
शहिद लखनको बुंकोट स्वास्थ्य चौकीलाई ‘वाईन टु वाटर नेपाल’द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
images

बुंकोट, ३० जेठ । गोरखाको शहिद लखन गाउँपालिका ७ स्थित बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ। गाउँपालिकाको वडा नं. ७ को अनुरोधमा शैली चित्रकारको समन्वयमा “वाईन टु वाटर नेपाल” काठमाडौको सहयोगमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।

images
images

संस्थाले बुंकोट स्वास्थ्य चौकीको लागी आर ओ ईलेक्ट्रिक फिल्टर १ थान, (प्रति घण्टा ५०० लिटर पानी सुदिकरण गर्ने), ५०० लिटरको हिलट्याङ्क १ थान, स्टे«चर ५ थान, पिपिई ५० थान (पुन प्रयोग गर्न मिल्ने) सर्जिकल ग्लोब्स ५०० जोडी लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। 

सामाग्री हस्तान्तरणका लागि संस्थाको वास संयोजक यज्ञराज जोसी लगायत अन्य महानुभावको उपस्थिति रहेको उनले बताए।

 

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - १७:३३:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology