Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

च्वाइस ह्यूमनीटेरियन नेपालद्वारा इच्छाकामना गाउँपालिकालाई १२ लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग

च्वाइस ह्यूमनीटेरियन नेपालद्वारा इच्छाकामना गाउँपालिकालाई १२ लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग

इच्छाकामना न्युज

३०, जेठ २०७८
च्वाइस ह्यूमनीटेरियन नेपालद्वारा इच्छाकामना गाउँपालिकालाई १२ लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग

कुरिनटार, ३० जेठ । चितवनको इच्छाकामना गाउँपालिकालाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न मानविय सेवा तथा अन्तरसांस्कृतिक आदान प्रदान केन्द्र (च्वाइस ह्यूमनीटेरियन नेपाल)ले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

images

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठलाई संस्थाको तर्फबाट स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

रेपिड एन्टीजेन डाइग्नोनिष्टक किट, भिटिएम, पल्स अक्सिमिटर, अक्सिजन कन्सनट्रयाक्टर, पिपिइ, मास्क, ग्लोब्स, थर्मन गन बेड लगायत रु १२ लाख बराबरको ३६ थरिका स्वास्थ्य सामाग्री सहयोग गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले गत बर्ष पनि यस संस्थाले स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग गरेको बताउँदै यहाँको जनताको लागि निरन्तर साथ र सहयोग गरेकोमा धन्यावाद दिनुभयो । कोरोना महामारीका कारण समस्यमा परेका नागरिकलाई हातमा हात साथमा साथ मिलाएर अघि बढीरहेको बताउनुभयो ।

महामारीसंग लड्नका लागि गाउँपालिकाले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर अघि बढीरहेको पनि बताउँदै सबैले आफुले सक्ने योगदान आवश्यक रहेको बताउनुभयो । सबै एकजुट भएर अघि बढे यस्ता महामारीलाई परास्त गर्न सकने उहाँले बताउनुभयो।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रवक्ता सावित्रि गुरुङ र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेका थिए ।

images
प्रकाशित मिति :जेठ ३०, २०७८ आइतवार - २१:५१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology