Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सांसद कृष्णभक्त पोखरेलद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

सांसद कृष्णभक्त पोखरेलद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

इच्छाकामना न्युज

३, आषाढ २०७८
सांसद कृष्णभक्त पोखरेलद्वारा इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

कुरिनटार, ३ असार । चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले इच्छाकामना गाँउपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। आज गाउँपालिकाको कार्यालयमा पोखरेलले पालिका अध्यक्ष गीता कुमारी गुरुङ मार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरे।

images

स्वास्थ्यकर्मीका लागि अत्यावश्यक पिपिई, मास्क, फेशसिल लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको सांसद पोखरेलले बताए । सो अवसरमा बोल्दै उनले कोरोनाको महामारिमा फ्रन्टलाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई राहत होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री प्रदान गरेको बताए । उनले संघिय सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै हरेक पालिकामा अस्पताल निर्माण सुरु गरेको जानकारी दिए ।

स्वास्थ्य सामाग्री प्रदान गरेकोमा गाँउपालिका अध्यक्ष गीता गुरुङले धन्यबाद ज्ञापन गरिन । सो अवसरमा नेकपाका नेता नारायण अधिकारी, एमाले इच्छाकामना गाँउपालिका इन्चार्ज दानबहादुर गुरुङ, एमाले इच्छाकामना गाँउपालिका अध्यक्ष कृष्ण सिलवाल लगायतको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - २२:२३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology