Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

दाङमा बन्चरो प्रहार गरी श्रीमान्ले गरे श्रीमतीको हत्या

दाङमा बन्चरो प्रहार गरी श्रीमान्ले गरे श्रीमतीको हत्या

रासस

४, आषाढ २०७८
दाङमा बन्चरो प्रहार गरी श्रीमान्ले गरे श्रीमतीको हत्या
images

दाङ, ४ असार  । दाङको घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

images
images

घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए ।

आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको राससले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - ०९:२८:०६ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology